के सुन्छौ, मेरो कथा
अविरल वर्षा, झैँ छ यो
आकाशको पानीले भैइलाई कुटे, झैँ छ यो
चैतारीको छायामा बस्दा चराले विस्ट्यए, झै छ यो
भाग्यले कोरेको रेखा नभेटिए, झैँ छ यो
बस्
भन्न धेरै छ ,तर
सुरू कहाँबाट हुन्छ, थाहा छैन यो
बुझेनौ भने, कसरी बुझाउने यो
आखिर,
भनेर कहिल्यै, नसकिने जति छ यो
रातमा तारा, देखिए जति छ यो
कथा र बेथा, सबैको फरक छ यहाँ
नबुझेर, बुझे झैँ गर्छन् मान्छे यहाँ
सुनाउन पनि, आतेस लाग्छ,
सुरू गर्न पनि, मन गब्राउछ
आखिर मस्तिष्क र मनको, खेल न रहेछ यो
तर पनि, यो खेलको पराजित पात्र म भएछु यहाँ।

dami