खै साथी, ति सबै वाचा
खै साथी, ति सबै आस्वशन
खै त?
के, यति फितलो थियो, यो सम्बन्ध ?
सपना बुनेका थियौँ सँगै,एकै आकाशको तारा मानेर।
तिमीले हात समात्दा, विश्वासले आँखा अन्धा बनेर।
कसमहरू खाइएका थियौँ,कहिल्यै नछोड्ने बाचा गरी।
तर समयले जाँच्दा ,तिमी त मोडियौ नयाँ घरी।
मायाले भरिएका ती शब्दहरू,हावा जस्तै उडेर गएका छन्।
आज ती वाचा सम्झिँदा,आखाँ मेरा रसाउछन्।
आखिर छायाँझैँ तिमी हराएर बिलिन हुदै गयौँ।
बादल आकाशबाट बगे झै तिमी यो मनबाट बग्दै हरायौँ ।
-दिपेन बस्नेत
